
स्वर्गीय दादी माॅ अनोधन महतो कोइरी
by Hitlar Anurag
#कहानीः- शीर्षकः- हजूरआमाको बेशर्त प्रेम- हाम्रो सयुक्त परिवारमा दश जना सदस्यहरु थिए। म हजुर आमाको मायाको केन्द्र थिए। आमावुवा र अन्य परिवारको माया कन्डिशनल (सशर्त) थियो भने हजुर आमाको बेशर्त। मैले परिवारलाई राम्रो लाग्ने खालका व्यवहार गरे भने मात्र माया पाउथेँ र यसको विपरीत भयो भने हप्काई दप्काई देखि कुटाई सम्म खान्थेँ। हजुर आमाको माया भने एकतमास बगिरहने नदी जस्तै थियो। मेरो सम्पूर्ण बदमासी गल्ती देखि बाल अपराध सम्म महादेवले कालकुट विष पँचाए झै पचाउनु हुन्थ्यो हजुर आमाले। म तत्काले शिक्षक पेशामा भोजपुरमा छदाँ मिति 2067/09/27 गते बेलुकामा उहाँको देहावसान भएको थियो त्यसपछि अहिले सम्म पनि उहाँको सम्झनाले आँखा रसाउन छोडेन। बिछुड गए बीच राहो मेँ दिल से ना जा पाओगेँ। आँशूओ की धाराओँ मे जीवन भर हमे तडपाओगेँ।। परिवारका अन्य सदस्यहरु सँग समयको अन्तराल सँगसँगै, सोचे जस्तो हुदो रहेन रेछ जीवन, जस्तो भोग्यो उस्तै रेछ जीवन, मेरो वैवाहिक सम्बन्ध मिति 2061/01/25 गतेको रात्री लगनमा म वैवाहिक सुत्रमा बाँधिए....र त्यस पछाडी समय सँगै परिवारका सदस्यहरु सँग मेरो न्यानोपना घटदै थियो, जेनेरेशन ग्याप बढदै थियो भने हजुरआमा माथी यो नियम कहिले लागू भएन। उहाँको र मेरो सम्बन्ध सदाबहार गीत झै अजर भै रहयो। यसपछि क्रमशः गाँउमा धेरै मान्छैहरु बिते तर केवल बेशर्त प्रेम गर्ने मेरी हजुरआमा मात्रै मेरो स्मृति-पटलमा अमर बनिरहनु भयो। आप गये खुशिया गई, मन तो उदास होता रहेगा। आँखो मेँ आँसू दिखे न दिखे हृदय तो रोता रहेगा।। यसरी मरो आध्यात्मिक अनुभवको पहिलो श्रेय मेरी श्रद्धेय प्रातः स्मरणीय हजुर आमामा जान्छ। निश्चित पनि उहाँ लरतरे आइमाई भने हुनुहुन्थ्यो। यस अर्थमा कि उहाँका तीन छोरा मध्ये एकले 21/22 सालमा देहावसान प्राप्त गरेका थिए दोरीकलाल महतो। उहाँ कलिलै उमेरमा देहावसान हुन पुगेकाले हजुर आमालाई ठूलो आघात परिरहेको थियो र लामो समयसम्म रिक्ताको अनुभव बेहोर्नु परेको थियो। उहाँ मलाई भन्ने गर्नु हुन्थ्यो तिम्रो माइला बुबा श्रीप्रसादको त कुरै नगर्दा पनि हुन्छ र तिम्रो बुबा बलराम त सधै नोकरीमा बाहिर नै बस्ने गर्छ मलाई त प्रेम गर्ने एउटा तिम्रो आमा र तिमी हो बाबु। त्यसैले होला उहाँले दुवै जनालाई मात्र भए पनि बेशर्त प्रेम गर्न सकनु भएको। उमेरले निकै फरक भए पनि हामी अभिन्न मित्र जस्तै थियो। उहाँ जहाँ जादाँ पनि मलाई नै साथमा लैजाने गर्नु हुन्थ्यो। पाप र पुण्यका कुरा, प्रचलित कथा लोक कथा तथा सात सालको क्रान्ति, क्रान्तिकारीहरुको वीरगाथा आदि उहाँ कै मुखार विन्दबाट सुन्थै म। घरको आर्थिक अवस्था साह्रै खस्किएको त्यसबेला पिउने पानी बाहेक चपाउने केही पनि हुदैनथ्यो यस्तो आर्थिक संकटमा हाम्रो परिवारले कति रात त एक गलास पानीमा गुजारा गर्नु परेको थियो। तर त्यस बेला पनि मेरी हजुर आमा मलाई हरेक दिन गाँउ कै आफन्तहरुको घरबाट केही मागेर मेरो नाबालक पेट भर्नुहुन्थ्यो। म भोजपुरमा छदाँ उहाँ मृत्यु शैय्यामा अन्तिम सास फेर्नु भन्दा अगाडी मेरो आमासँग मलाई नै उहाँको आँखाले खोज्दै थियो। मेरो आमाले हजुर आमालाई आमा....आमा....आमा विष्णु आयो.....आयो भन्दा मात्र पिलिक्क आँखा खोल्नु भयो र मलाई नदेखे पछि बन्द गर्नु भयो सधैको लागि। मलाई अमर प्रेमको व्यसनी बनाई उहाँ परम धाम पुग्नु भयो। दिन बितै महिने बितै, बीत गए कई साल। आप हम से ऐसी बिछुड़ी, आती रही हरपल याद।। (समाप्त) नोटः- यसपछिका कहानीहरुको शीर्षक 1 ठूल बुबा र अन्य परिवार 2 मेरो भारत यात्रा 3 यसरी भए म शिक्षक 4 मेरो पहिलो प्रेम 5 मेरो मनको भावुक्ता र प्रेमीका मनको कठोरता 6 यस्ता थिए मेरा बाबा 7 मेरी आमा र म ! शीघ्र fb status मा पठाउदैछु। Pls wait.........
Chapters
Related Books

संग्रह २
by भा. रा. तांबे

Simple Sanskrit
by संकलित

Part 1: The Loss of Friends
by Abhishek Thamke

गीताधर्म और मार्क्सवाद
by स्वामी सहजानन्द सरस्वती

AYODHYA
by Koenraad Elst

Negationaism in India - Concealing the Record of Islam
by Koenraad Elst

Psychology of Prophetism - A Secular Look at the Bible
by Koenraad Elst

Update on the Aryan Invasion Debate
by Koenraad Elst

Arun Shourie Article Collection
by Arun Shourie

Heroic Hindu Resistance to Muslim Invaders
by Sita Ram Goel